२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छविलाल जोशीलाई काठमाडौँ ल्याइँदै



अ+ अ-

काठमाडौँ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँमा ल्याउन लागिएको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाडौँ ल्याउन लागिएको हो ।

गत असोज ६ गते सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा प्रहरीले जोशीलाई पक्राउ गरेर अनुसन्धानको लागि पोखरा लगेको थियो ।

स्वर्णलक्ष्मी सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले गएको पाईएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए ।

स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले सहकारीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । काठमाडौँ जिल्ला अदालतबाट उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै अनुसन्धानको लागि काठमाडौ ल्यान लागिएको हो ।

यसअघि काठमाडौँ प्रहरीले स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेलसँग बयान लिएर पोखरा पठाएको छ ।