५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम रोयल्स र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बीच ‘एजुकेसन पार्टनर’का लागि सहकार्य सम्झौता



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बीच ‘एजुकेसन पार्टनर’का लागि सहकार्य सम्झौता भएको छ ।

सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको एसपीए र रोयल्सबीच एक कार्यक्रममाझ सम्झौता गरेको हो । सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षार गरे ।

एसपीएले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो ।

यसबाहेक एसपीए कपले पनि नेपालको घरेलु क्रिकेटमा ठूलो योगदान दिएको थियो । धनगढीलाई सिटी अफ क्रिकेटको पहिचान दिन एसपीएले निरन्तर मिहिनेत गरिरहेको छ ।

सम्झौतापछि रोयल्सका मालिक शाहले एसपीएको प्रभाव शिक्षासँगै खेलकुदमा पनि उत्तिकै प्रभावकारी रहेको बताए । ‘एसपीएको नाम शिक्षा क्षेत्रसँगै खेलकुदमा पनि उत्तिकै सुनेका छौं । हामीले सुदूरपश्चिमको क्रिकेट विकास गर्ने लक्ष्य राख्दा एसपीएसँग सहकार्य गर्न पाउनु सौभाग्यको कुरा हो । लामो समयदेखि शिक्षा र खेलकुदलाई बढावा दिइरहेको संस्थासँग जोडिन पाउँदा निकै खुसी छु,’शाहले भने ।

एसपीएका प्रबन्ध निर्देशक शाहीले पनि सुदूरपश्चिम क्षेत्रको क्रिकेट विकासमा हातेमालो गर्न पाउँदा खुसी व्यक्त गरे । ‘हामी क्रिकेटको माध्यमबाट खेलकुद क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सक्छौं । हामी सबै एक भएर आउँदा लक्ष्य प्राप्तिका लागि थप सहज हुन्छ । हामी सबैले फाप्ला अन्तर्राष्ट्रिय रंगशालामा खेल आयोजना गर्ने सपना देखेका छौं, र हाम्रो सहकार्यले त्यसलाई वास्तविकतामा परिणत गर्नेछ,’ शाहीले बताए ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।