२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण



अ+ अ-

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ ।

खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा “आठ सैनिक“ र “नौ आतङ्कवादी“ मारिएको एकजना गुप्तचर अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन् ।

पाकिस्तानी तालिबान (टिटिपी) ले यस घटनाको जिम्मेवारी लिएको छ ।

तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका “सात जना प्रहरी अधिकारीहरू अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार “आक्रमणकारीहरूले अधिकारीहरूका हात हतियारहरू पनि जफत गरेका थिए ।

अफगानिस्तानसँगको सिमानामा टिटिपीको आक्रमण बढेको बताउदै प्रहरी अधिकारी मुहम्मद जिया उद–दिनले घटनाको पुष्टि गर्नु भएको छ ।

तालीवान समूहले अक्टोबर–२५ मा दश जना प्रहरी अधिकारीहरूको हत्या गरेको थियो ।

यस अघि प्रान्तीय राजधानीको रेल स्टेसनमा सोही समूहले गरेको बम विस्फोटमा–१४ जना सैनिकसहित २६ जनाको मृत्यु भएको थियो भने एक हप्तापछि शनिबार पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा उनीहरुले सात जना सैनिकको हत्या गरेका थिए ।