७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 27.12

Wind: 3.09

Humidity: 41

तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई जग्गा दान प्रकरणको पेसी न्यायाधीश मल्ल र मुसलमानको इजलासमा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)लाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ ।

उक्त रिट निवेदनको पेसी सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएको हो ।

यसअघि आइतबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेसी परेको थियो । तर, हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो । उक्त मुद्दा भन्दा अघि १७ थान मुद्दा सुनुवाईका लागि पेसी तोकिएकाले आज पनि उक्त रिटमा सुनुवाई हुने सम्भावना न्यून रहेको छ।

विवादास्पद व्यक्तिले दिएको दान लिनु गैरकानुनी हुने भन्दै त्यसलाई रोक्न माग गर्दै कात्तिक ७ गते अधिवक्ता ज्ञानबहादुर बस्नेतसमेतले रिट दायर गरेका थिए ।