७ श्रावण २०८३, बिहीबार
,
Latest
‘कानून निर्माण तथा सुधार वर्ष’ सफल बनाउन उच्चस्तरीय समिति गठन चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिन सञ्चारमन्त्रीको पहल, सिनेकर्मीसँग विस्तृत छलफल राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यसचिव बैकुण्ठ अर्यालले दिए राजीनामा



अ+ अ-

काठमाडौं । मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । राष्ट्रिय योजनामा आयोगमा आइतबार हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा अर्यालले राजीनामा दिएका हुन् ।

मुख्यसचिव अर्यालको सचिवालयले उक्त राजीनामा पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखामा पठाइसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकमा सम्भवत: उक्त राजीनामा पेश हुने र स्वीकृत हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

अर्यालले आइतबार दिउँसो राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गरेका थिए । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुन: फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा रमाना पठाएको थियो । गत कात्तिक १४ मा सफाइ पाएका उनले २० कात्तिकको निर्णयअनुसार आयोगमा हाजिर गरेका थिए ।

उनी निलम्बनमा रहेकै बेला नयाँ मुख्यसचिव नियुक्ति भइसकेको अवस्थामा सोही स्तरको पदमा आयोगमा कुनै खास र स्पष्ट जिम्मेवारी बिना बस्न उपयुक्त नहुने भन्दै अर्यालले राजीनामा दिएको बताइएको छ ।

अर्यालमाथि अन्त:शुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । भ्रष्टाचार मुद्दा दर्ता भएको पछिल्लो दिन असार १० मा मन्त्रिपरिषद्ले योजना आयोगमा विशिष्ट श्रेणीको पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गरेको थियो ।