१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाईबाई’ भइसक्योः पूर्वसञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाईबाई’ भइसक्योः पूर्वसञ्चारमन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का पोलिटव्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र)ले विकासको नाममा कमिशनतन्त्र चलाईरहेको आरोप लगाउनुभएको छ ।

पार्टीको गौरीशंकर गाउँपालिका काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले माओवादी केन्द्रलाई विकास विरोधी,अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टी भएकाले ऊसको हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भएको जिकिर समेत गर्नुभयो ।

नेता गुरुङले माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा जनताले हराई दिने दाबी समेत गर्नुभयो । विकासको नाममा कमिसनतन्त्र चलाउने भएकाले आगामी उपनिर्वाचनमा सो पार्टी पराजित हुने उहाँको भनाई थियो । नेता गुरुङले मुलुकलाई राजनीतिक स्थायित्व र विकास दिनका लागि काँग्रेससँग सत्ता सहकार्य गरेर अघि बढनु परेको पनि बताउनु भयो ।

माओवादी केन्द्रले कहिले एमाले, कहिले काँग्रेससँग मिलेर आफ्नो अस्तित्व मात्रै जोगाईरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीलाई जिताउन जरुरी छ । माओवादी केन्द्रलाई बाईबाई गर्न जरुरी छ । किन जरुरी छ रु माओवादी केन्द्र कुनै पनि राजनीतिक संस्कार बोकेको, विकासलाई अगुवाई गर्ने पार्टी होइन । माओवादीले त २०७४ सालमा आएर पनि कुलबहादुर तामाङको हत्या गर्ने पार्टी हो । त्यसैले हामीले गौरीशंकरबाट कुलबहादुरको रगतको बदला लिन जरुरी छ । दिलबहादुर खत्री अहिले पनि अपांग हुुनुहुन्छ । उहाँ घाइते हुनुहुन्छ ।

यस्तो अवस्थामा हामीले उनीहरुको हितको निम्ति पनि गौरीशंकरमा एमालेले विजयको झण्डा गाड्नु छ । त्यसैले म सहीद कुलबहादुरलाई सम्झन चाहन्छु । बुद्धिमान पाख्रिनलाई सम्झिन चाहन्छु । स्वर्गीय पशुपति दाईलाई सम्झिन चाहन्छु । सम्मान व्यक्त गर्न चाहन्छु । हामीले सहिदहरुको रगतबाट संचित दोलखाको भूमिलाई अव माओवादीबाट बाईबाई गर्नुपर्छ ।

माओवादी राजनीतिक पार्टी होइन, ऊ हत्या हिंसामा विश्वास गर्ने पार्टी हो । ऊ विकास होइन, कमिसनका विश्वास गर्ने पार्टी हो । त्यसैले म दाबाका साथ भन्छु–प्रमाणका साथ भन्छु–हाम्रो प्रतिष्पर्धा कुनै नेपाली काँग्रेससँग होइन । हामी काँग्रेससँग मिलेर यो देशमा स्थायित्व दिन चाहन्छौं । राजनीतिक स्थिरता दिन चाहन्छौं । र बलियो राष्टिय शक्ति निर्माण गर्न चाहन्छौं । आफ्नो अस्तित्व टिकाउने र बचाउने पार्टी माओवादीलाई बाईबाई गर्न चाहन्छौं । र राष्टिय राजनीतिमा माओवादी बाईबाई भईसक्यो, दोलखाले पनि विदाई गर्नुपर्छ ।’

एमालेले पार्टीको तर्फबाट गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको रुपमा उमा शेर्पालाई उम्मेदवार बनाएको छ । पार्टीका स्थायी समिति सदस्य डा. राजन भट्टराईले उहाँलाई पार्टीको तर्फबाट उम्मदवारको टिकट औपचारिक रुपमा वितरण गर्र्नुभएको थियो ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रिय सदस्य सरस्वती बस्नेतलगायतका नेताहरुले गौरीशंकर गाउँपालिकाको निर्वाचनमा एमालेले जित्ने दाबी गर्नुभएको थियो ।