२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश बिजुली निर्यात सुुरु हुनु ऐतिहासिक कोशेढुंगा : परराष्ट्रमन्त्री राणा



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले नेपालबाट बंगलादेश विजुली निर्यात सुरु हुने ऐतिहासिक कोशेढुंगा भएको बताउनुभएको छ । परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालको विद्युत् व्यापारको इतिहासमा भारतपछिको अर्को देश विद्युत् निर्यात गरिएको यो नै पहिलो पटक भएको समेत बताउनुभएको छ ।

परराष्ट्रमन्त्री राणाले लेख्नुभएको छ– ‘आजदेखि नेपालबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरूआत भएकोमा खुसी लागेको छ । नेपालको विद्युत् व्यापारको इतिहासमा भारतपछिको अर्को देश विद्युत निर्यात गरिएको यो नै पहिलो पटक हो । यसलाई क्षेत्रीय विद्युत् व्यापारको एक ऐतिहासिक कोशेढुंगा मान्न सकिन्छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालको बिजुली बंगलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबारबाट विद्युत् निर्यातको कार्य सुरू भएको हो ।’

गत अगस्टमा आफ्नो भारत भ्रमणका क्रममा भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरी नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिदको पूर्वसम्झौताको औपचारिक सुरूआतको घोषणा गरेको पनि परराष्ट्रमन्त्री राणाले बताउनुभएको छ ।

मन्त्री राणाले बंगलादेशलाई बिजुली निर्यातका लागि सहजीकरण गरेकोमा भारतलाई धन्यवादसमेत दिनुभएको छ । उहाँले लेख्नुभएको छ– ’बंगलादेशमा विद्युत् निर्यातका लागि सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयात गर्ने बंगलादेश सरकारलाई विशेष धन्यवाद छ। नेपालको विद्युत् उत्पादन र बजारको सम्भावनाको थप विस्तारका लागि हाम्रा कूटनीतिक प्रयास र पहलहरू जारी नै रहेकाले आगामी दिनमा पनि यसैगरी सबैको सहयोग एवं समन्वयको अपेक्षा गर्दछौँ ।’

नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात हिजो दिउँसो साढे १२ बजेबाट सुरु भएको हो ।