१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कास्की प्रहरीको दुर्व्यवहार



अ+ अ-

काठमाडौँ । समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालय कास्की अगाडी पुगेका पत्रकारहरुलाई कास्की प्रहरीका प्रवक्ता समेत रहनुभएका प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले दुव्र्यवहार गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा ल्याइएको समाचार संकलनका लागि पोखराको गहिरापाटनस्थित जिल्ला प्रहरी कार्यालय अगाडी पुगेका पत्रकारहरुलाई डिएसपी शर्मा नेतृत्वको प्रहरी टोलीले दुव्र्यवहार गरेको हो ।

पार्टी सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पु¥याएपछि त्यहाँ शान्तिपूर्ण तरिकाले जम्मा भएका रास्वपाका नेता – कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गर्न खोजेपछि फोटो तथा भिडियो खिच्ने पत्रकारहरुमाथि प्रहरी जाइलागेको थियो । त्यही क्रममा कास्की प्रहरीका एक प्रहरीले पत्रकार सन्देश बरालको क्यामरा खोस्न थालेपछि पत्रकारहरुले त्यसको प्रतिकार गर्न शुरु गरेका थिए । पत्रकार ओम हमाल र माधव पोखरेल लगायतका पत्रकारले प्रहरीको ज्यादतीको बिरोध गरेका थिए ।