३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने

भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु

भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु
अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ । 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार ३६६ जना नयाँ संक्रमित थपिएका र ६९० जनाको संक्रमणका कारण मृत्यु भएको जनाएको छ । 

मन्त्रालयका अनुसार भारतमा अझै पनि ६ लाख ९५ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा छन् भने ६९ लाख ४८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । 

भारतमा शुक्रबारसम्म एक लाख १७ हजार ३०६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

भारतमा सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा एक लाख ५९ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा रहेका छन् । यहाँ कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ४२ हजार ६३३ जनाको मृत्यु भइसकेको छ । 

अर्को सबैभन्दा प्रभावित कर्नाटक राज्यमा एक लाख व्यक्तिमा कोरोनाको संक्रमण रहेको छ भने ६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएका छ । यहाँ १० हजार ६९६ जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । 

केरला राज्यमा अझै पनि ९३ हजार ५२७ जना व्यक्तिमा कोरोना संक्रमण रहेको छ । करिब २ लाख ६८ हजार व्यक्ति संक्रमणमुक्त भइसकेको केरलामा एक हजार २३२ जनाको ज्यान गएको थियो । पश्चिम बंगाल राज्यमा ३५ हजार, तमिलनाडूमा ३५ हजार र नयाँदिल्लीमा २४ हजार व्यक्तिमा कोरोनाभाइरसका सक्रिय संक्रमित व्यक्ति रहेका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर कोरोनाभाइरसका करिब १० करोड नमूना परीक्षण गरेको जनाएको छ ।