२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानायक पद न मैले कहिल्यै दाबी गरेँ, न गर्नेछु – दीपकराज गिरी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले आफूले कहिल्यै पनि महानायक दाबी नगरेको र नगर्ने भन्दै प्रतिक्रिया दिएका छन् ।

गिरीले बारम्बार आग्रह गर्दा पनि आफूलाई महानायक भन्ने गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

“आजबाट जसजसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दै छु,” दीपक फेसबुकमा लेख्छन्, “यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु ।”

अरुलाई गाली नगर्न पनि उनले आग्रह गरेका छन् । “तर, मैले बारम्बारभन्दा पनि भेडापन्थि देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन,” उनले थप लेखेका छन्, “फरक विचारलाई स्वागत, असभ्यता अस्वीकार ।”