२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द ग्रेट इन्डियन कपिल शो’का निर्माताहरूलाई कानूनी सूचना



अ+ अ-

एजेन्सी । नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको कमेडी शो ‘द ग्रेट इन्डियन कपिल शो’का निर्माताहरूले कानुनी सूचना पाएका छन् ।

सो कार्यक्रमको एक भागमा नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको अपमान भएको आरोप लागेको छ । यसअघि शोको प्रोडक्सनमा रहेको सलमान खानको प्रोडक्सन टिमलाई पनि कानुनी सूचना आएको खबर छ ।

विवादका बीच उनको टोलीले उक्त शोसँग आफ्नो कुनै सरोकार नभएको भन्दै स्पष्टीकरण दिएको छ । विज्ञप्तिमा कानुनी सूचना प्राप्त भएको खबरको पनि खण्डन गरिएको छ ।

बीबीएमएफ (बोंगो भाषा महासभा फाउन्डेशन)का अध्यक्षले आफ्ना कानुनी सल्लाहकार नृपेन्द्र रोयमार्फत हालै नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरलाई अपमानजनक शब्दहरू प्रयोग गरिएको शोको एक भागप्रति असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रममा सांस्कृतिक पक्षलाई गलत ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ । उनले शोमा रवीन्द्रनाथ टैगोरको विरासतको अपमान गरेको आरोप पनि लगाएका छन् ।

यस विषयमा बोर्डले नोभेम्बर १ मा यो शृङ्खलाले नोबेल पुरस्कार विजेताहरूको सम्पदालाई कलंकित मात्र नभएर धार्मिक भावनामा समेत चोट पुर्‍याएको भन्दै कानूनी सूचना जारी गरेको थियो ।

ओटीटी प्लेटफर्म नेटफ्लिक्समा स्ट्रिम हुनुअघि सलमान खानले कपिल शर्माको शो प्रोड्यूस गरिरहेका थिए । तर, ओटीटीमा आउने शोमा उनको कुनै संलग्नता छैन ।

हालै काजोल र कृति सेनन आफ्नो फिल्म ‘दो पत्ती’को प्रमोशन गर्न द ग्रेट इन्डियन कपिल शोको हिस्सा भए । यस अवधिमा कृष्णा अभिषेकले रवीन्द्रनाथ टैगोरको गेटअप अपनाएका थिए । प्रवेशको समयमा, उनी रवीन्द्रनाथ टैगोरको नक्कल गर्दै र उनको गीत ‘एकला चलो रे’ को सट्टा ‘पचाला चलो रे’ गाउँदै थिए ।

उनले गीतमा एकला (एक्लो) शब्दलाई पचाला (५ जनासँग) राखे । उनले कुकुर पछ्याएकाले एक्लै हिँड्दा पनि खतरा हुने बताए । शो स्ट्रिम भएदेखि नै धेरै लेखक र बंगाली समुदायसँग सम्बन्धित व्यक्तिहरूले यसको विरोध गर्दै आएका छन् ।