१३ श्रावण २०८३, बुधबार
,
Latest
देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेससँग मिलेर जनमत गुमाएकालाई सवक सिकायौंः शंकर पोखरेल



file photo
अ+ अ-

काठमाडौ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनमत गुमाएको नेकपा (माओवादी केन्द्र) लाई सवक सिकाउन काँग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताउनुभएको छ ।

महासचिव पोखरेलले २७५ सिटको संसदमा ३२ सिट ल्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूरै अवधि मुलुकको शासन गर्ने हुँकार गरेपछि दुई ठूला दल काँग्रेस–एमालेले त्यो सम्भव छैन भन्ने सन्देश दिनेगरी सत्ता सहकार्यलाई अघि बढाउनुपरेको बताउनुभएको हो ।

बुधब्वार पार्टी मुख्यालय च्यासलमा आयोजित नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले आगामी निर्वाचनमा पनि काँग्रेस–एमालेबीच सत्तापक्ष र प्रतिपक्षको भुमिका निर्वाह गर्नेगरी एकल चुनावी प्रतिष्पर्धा गरेर अघि बढने सहमती भएको बताउनु भयो । जनमत गुमाउँदै गएको माओवादीले संसदमा ३२ सिटलाई म्याजिक नम्बर भनेपछि आफूहरुले सत्ता सहकार्य गरेर त्यसको जवाफ दिने अवस्था आएको महासचिव पोखरेलको भनाई थियो । महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि सरकारले संविधानमा परिमार्जन गर्न चाहेको पनि दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीको अगुवाईमा नेपालका २ प्रमुख पार्टीहरु मिलेर मुलुकलाई अघि बढाउने संकल्प र अठोट गरेका छौ । र, हामीले भनेका छौं–स्थायित्वको आधार खोजी गर्नका लागि संविधानको रिभ्यु गर्नेछौं । कानुनको पुनरावलोकन गर्नेछौं । संरचनागत सुधार गर्नेछौं । त्यसका माध्यमबाट मिशन २०८४ अर्थात २०८४ सालमा हुने चुनावमा प्रमुख पार्टीहरु कसैसँग गठबन्धन नगरी आफ्नो नीतिको जगमा जनताका बीचमा गएर बहुमत प्राप्त गर्न प्रयत्न गर्नेछौै भन्ने कुराको संकल्प र अठोट गरेका छौं । त्यस अर्थमा नेपालको राजनीतिमा अहिले एक प्रकारले भन्ने हो भने जनमत गुमाएकाहरुले शासन गर्ने जुन प्रकारको लोकतन्त्रको मजाकको विषय बनाइएको परिस्थिति छ ।’

‘तपाईहरुले पनि सुन्न भएको होला एक समय । २७५ सिट भएको संसदमा ३२ नम्बर त म्याजिक नम्बर । यही ३२ नम्बरले पाँच वर्ष नै शासन गर्छ भन्ने हुँकार पनि सुन्नु भयो । हो त्यो हुँकारलाई हामीले दुई वटा राजनीतिक दल मिलेर अव त्यो सम्भव छैन भन्ने कुराको सन्देश दिने प्रयत्न गरेका छौं । अव मुलुकको सत्तापक्ष र प्रमुख प्रतिपक्ष सबभन्दा ठूलो दलले शासन चलाउने र दोस्रो ठूलो दलले प्रतिपक्षको भूमिका खेल्न सक्ने आधार निर्माण गर्नेगरी मुलुकको राजनीतिलाई डोहो¥याउनु पर्दछ भन्ने मान्यताका आधारमा नेकपा एमाले र नेपाली काँग्रेस मिलेर अघि बढन खोजिराखेका छौं ।’

महासचिव पोखरेलले जनमत गुमाएकाहरुले शासन गर्ने काम लोकतन्त्रको मजाकको विषय भएकाले त्यसको अन्त्य आफूहरुको रहेको पनि बताउनु भयो ।