९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कंगुवा’ नेपालमा रिलिज नहुने



अ+ अ-

काठमाडौँ । सूर्या र बबी देओल अभिनित प्रतीक्षित भारतीय फिल्म ‘कंगुवा’ शुक्रबारदेखि विश्वव्यापीरुपमा रिलिज हुँदैछ ।

तर, यो फिल्म शुक्रबार नेपालमा भने रिलिज नहुने भएको छ ।

यस फिल्मलाई ए–एट्, डीसीएन र आरआर फिल्म्सले नेपालमा भित्र्याउन लागेका थिए । तर, स्वदेशमै नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ले ब्लकबस्टर कमाइ गरिरहँदा एक्सनप्रधान ‘कंगुवा’ नआउने भएको बुझिएको छ ।

हरिहर अधिकारी र नीता ढुंगाना स्टारर ‘ह्रस्व दीर्घ’ पनि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यस फिल्ममा भारतीय कलाकारहरुको पनि अभिनय रहेको छ भने फिल्मलाई लिएर दर्शक उत्साहित छन् ।

स्रोतका अनुसार ‘कंगुवा’का भारतीय वितरकले यसको नेपाल राइट एक करोड २० लाख भारुमा बिक्री गर्न चाहेका थिए ।

महंगो रकममा फिल्म ल्याउनुपर्ने र यसअघि ल्याइएका ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ माथि ‘पूर्णबहादुरको सारंगी’ हावी भएपछि ‘कंगुवा’ नआउने भएको बुझिएको छ ।