३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कंगुवा’ नेपालमा रिलिज नहुने



अ+ अ-

काठमाडौँ । सूर्या र बबी देओल अभिनित प्रतीक्षित भारतीय फिल्म ‘कंगुवा’ शुक्रबारदेखि विश्वव्यापीरुपमा रिलिज हुँदैछ ।

तर, यो फिल्म शुक्रबार नेपालमा भने रिलिज नहुने भएको छ ।

यस फिल्मलाई ए–एट्, डीसीएन र आरआर फिल्म्सले नेपालमा भित्र्याउन लागेका थिए । तर, स्वदेशमै नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ले ब्लकबस्टर कमाइ गरिरहँदा एक्सनप्रधान ‘कंगुवा’ नआउने भएको बुझिएको छ ।

हरिहर अधिकारी र नीता ढुंगाना स्टारर ‘ह्रस्व दीर्घ’ पनि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यस फिल्ममा भारतीय कलाकारहरुको पनि अभिनय रहेको छ भने फिल्मलाई लिएर दर्शक उत्साहित छन् ।

स्रोतका अनुसार ‘कंगुवा’का भारतीय वितरकले यसको नेपाल राइट एक करोड २० लाख भारुमा बिक्री गर्न चाहेका थिए ।

महंगो रकममा फिल्म ल्याउनुपर्ने र यसअघि ल्याइएका ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ माथि ‘पूर्णबहादुरको सारंगी’ हावी भएपछि ‘कंगुवा’ नआउने भएको बुझिएको छ ।