२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ओरालो लाग्दा सात अर्ब ८५ करोडको कारोबार



अ+ अ-

काठमाडौँ । अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ ।

लगातार उकालो लागेको नेप्से परिसूचक आज भने ११ दशमलव २४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४८ दशमलव ९६ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९३ अङ्कले ओरालो लागेर चार सय ८८ दशमलव ७८ मा सीमित भएको छ । कारोबार भएकाक १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

कूल एक करोड ६७ लाख ८६ हजार नौ सय ३४ कित्ता शेयर रु सात अर्ब ८५ करोड ९७ लाख ४० हजार सात सय ९८ मूल्यमा खरिदबिक्री भएको छ ।

नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । वेस्ट फाइनान्स नौ दशमलव ९९, एनएलजी इन्स्योरेन्स कम्पनी नौ दशमलव ९९ र समृद्धि फाइनान्सका लगानीकर्ताले नौ दशमलव ६१ प्रतिशतले कमाएका छन् ।

गुडविल फाइनान्स नौ दशमलव ३६,आँखु खोला जलविद्युत् कम्पनी चार दशमलव ९१,माछापुच्छ्रे बैङ्क चार दशमलव ५९,अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी तीन दशमलव ७१ र हिमालय बैङ्कको बन्डका लगानीकर्ताले तीन दशमलव ४८ प्रतिशतले गुमाएका छन् ।