२९ पुष २०८१, सोमबार
,
Latest
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रीपरिषद्मा स्वीकृतिको क्रममा छः सचिव अर्याल एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोरः सञ्चारमन्त्री गुरुङ मिथ्या सूचना दिनेलाई कानूनी दायरामा ल्याउनेगरी विधेयक बनाऔँः प्रमुख सचेतक बर्तौला देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी खानेपानी वितरणका लागि नयाँ पाइपलाइनको परीक्षण सम्पन्न इस्पात सम्झौता सम्बन्धमा बाइडेनसँग जापानी प्रधानमन्त्रीद्वारा ‘कडा’ चिन्ता व्यक्त सरकारी वकिलको तर्कः रविलाई थुनामै पठाइयोस् बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ: प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक मनाङे डिल्लीबजार कारागार चलान



अ+ अ-

काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका दीपक मनाङे उर्फ राजीव गुरूङ कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान स्वयम्भू, सानोभर्‍याङबाट उनलाई पक्राउ गरेको थियो । सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन् ।

कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य समेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । २०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ)को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो ।

यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका छन् । त्यो अवधि घटाएर बाँकी समय उनी जेल बस्नुपर्ने हुन्छ । मनाङे अब पाँच वर्षमा २ वर्ष ८ महिना घटाउँदा आउने दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्छ । सर्वोच्चको आदेशपछि मनाङे सम्पर्कबिहीन भएका थिए ।