१८ माघ २०८१, शुक्रबार
,
Latest
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा बेनी–दरवाङ सडक : रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर अध्यादेशको विषयलाई लिएर सत्तापक्ष–प्रतिपक्षीबीच टकरावको संकेत राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई सभापति कप फुटबलको उपाधि सङ्कटालाई मौलिक हक कार्यान्वयनका लागि आर्थिक सुदृढीकरण आवश्यक नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा प्रयागराज महाकुम्भमा अमृत स्नान गर्ने क्रममा भएको भागदौडको घटनामा राष्ट्रिय समता पार्टी नेपाल द्धारा दु:ख…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले कुवेतलाई १६५ रनले हरायो



अ+ अ-

काठमाडौँ । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले सानदार जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको हो । कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो जित हात पार्यो । २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ४८ रनमै रनमा अलआउट भयो ।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन रख्दै ८ रन दिएर ५ विकेट लिइन् । यस्तै, रचना कुमारी र सीमाना केसीले दुई–दुई विकेट लिए ।

कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । यसअघि दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो ।

नेपालकी कप्तान पुजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे ।

प्रतियोगितामा पाँचमध्ये ४ खेल जितेको नेपालले यसअघि यूएईसँग मात्रै पराजित भएको छ । अब नेपालले बुधबार अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल जारी छ भने शीर्ष स्थानमा रहने टोली मात्र यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।

बुधबारको खेलमा नेपालले यूएईलाई हराएमा विश्वकपमा छनोट हुनेछ ।