२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा अवतरण



अ+ अ-

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा अवतरण गरिएको छ ।

काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज खराब मौसमका कारण पोखरा ‘डाइभर्ट’ गरिएको विमानस्थलका सूचना अधिकारी जसुदा पौडेलले जानकारी दिइन् । उक्त विमान केही समयअघि पोखरा विमानस्थलमा अवतरण गरिएको उनले बताईन् ।

‘भिजिबिलिटी’ नहुँदा गौतमबुद्ध विमानस्थल सञ्चालन नभएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा अध्यक्ष रवि लामिछानेलाई पनि बयानको लागि प्रहरीले पोखराबाट भैरहवा लैँजादै छ । तर, भैरहवामा भिजिबिलिटी नहुँदा उडान ‘डिले’ भएको छ ।