१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

अस्वभाविक हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मारमाः अध्यक्ष भण्डारी

अस्वभाविक हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मारमाः अध्यक्ष भण्डारी
अ अ+ अ-

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वभाविक रुपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताउनुभएको छ ।

अध्यक्ष भण्डारीले ट्राभल एजेन्सीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारका लागि १० घण्टा बन्द गरेर उडान कटौती भएको मौकामा हवाई भाडा वृद्धि गर्दा वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेको बताउनुभएको हो । उहाँले अस्वभाविक रुपमा वृद्धि भएको हवाई भाडा सरकारले तत्काल नियन्त्रण गरी पुरानै भाडादर कायम गराउन माग गर्नुभयो । अध्यक्ष भण्डारीले कार्टेलिङ गरेर तीन सय प्रतिशतसम्म हवाई भाडा वृद्धि भएको दाबी गर्नुभयो ।

उहाँले अहिले अन्य समयमा ३०÷३५ हजारमा पाइने हवाइ टिकट अहिले एक लाखसम्म तिर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल उडान कटौती हुँदा टिकट नपाउने समस्या भोगिरहेका श्रमिकले भाडा महँगीका कारण श्रमिकहरुको बिच्चली रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु हवाई भाडा वृद्धि र टिकट नपाउँदा अपm्ठ्यारो अवस्थामा रहेको बताउनु भयो । उहाँले श्रम,पर्यटन र परराष्ट्र मन्त्रालयलाई हवाई भाडा नियन्त्रणको लागि दबाब दिइरहेको पनि बताउनु भयो । अध्यक्ष भण्डारीले नेपालबाट दैनिक १२ सयदेखि १५ सय र विदामा आएर फर्किने ५ सय गरी दैनिक २ हजार जना विदेश जाने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालमा अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने श्रमिकले होल्ड गर्छन् । दैनिक रुपमा एक हजार दुई सयदेखि एक हजार पाँच सय नयाँ श्रमिकहरु विदेश जान्छन् । त्यस्तै दैनिक रुपमा विदेशबाट नेपाल आएर पुनः विदेश नै फर्कने करिव ५ सय श्रमिकहरु हुन्छन् । अहिले दशैंतिहारको समय भएकाले विदेशबाट विदा मनाउन नेपाल आएको अवस्था छ । अहिले दशैंतिहार सकिएर विदेश जाने चाप बढेको छ ।’

उहाँले अहिले नेपालमा पर्यटन आगमन वृद्धि हुने सिजन पनि हुँदा हवाई टिकट पाउन मुस्किल रहेको बताउनु भयो । उहाँले हवाइ भाडा बढ्दा अहिले कामदार पठाउन नसकिने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले एयरलाइन्स र ट्राभल एजेन्सीहरुले कार्टेलिङ गरेर टिकटको मूल्य २÷३ सय प्रतिशतसम्म बढाएको आरोप लगाउनु भयो । अध्यक्ष भण्डारीले सिजनको समयमा विगतमा १५÷२० प्रतिशतसम्म हवाई भाडा बढ्ने गरेको भए पनि अहिले एकैचोटी २÷३ सय प्रतिशतले बढ्नु राम्रो नभएको बताउनु भयो । उहाँले ट्राभल एजेन्सीहरुले पहिले नै टिकट बुक गर्ने र महँगोमा बेच्ने गरेको बताउनु भयो । उहाँले एजेन्सीलाई टिकट बेच्न नदिने सहमति गरेको भन्दै कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हवाई भाडा वृद्धि र टिकट नपाएपछि तेस्रो मुलुकबाट मानिसहरु विदेश जाने खतरा बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालमा ट्राभल एजेन्सीहरुले वायुसेवा कम्पनीहरुसँग टिकट किन्ने प्रचलन पनि छ । त्यसले गर्दा वैदेशिक रोजगारीमा जाने गन्तव्य मुलुकहरुको ४० देखि ४५ हजार पर्ने टिकट अहिले १ लाखमा पनि नपाउने अवस्था सिर्जना भएको छ । त्यो तेब्बर रुपमा वृद्धि हुँदा श्रमिकहरुले टिकट नपाएर बिच्चली भएको छ । टिकट नपाएको अवस्थामा अस्वभाविक रुपमा हवाई भाडा पनि बढ्यो । अस्वभाविक हवाई भाडाँ वृद्धि हुँदा आगामी दिनमा बेथिति जन्माउँछ । नेपालबाट टिकट नपाउँदा तेस्रो मुलुकबाट जाने अवस्था आउँछ ।’

उहाँले हवाइ भाडाको कारणले गर्दा वैदेशिक रोजगारीमा जानेहरुको विचल्ली भएको बताउनु भयो । उहाँले अच्चाकाली रुपमा वृद्धि भइरहेको भाडाबारे पर्यटन मन्त्रालय र सरोकारवाला निकायले अनुगमन र नियन्त्रण गर्नुपर्ने बताउनु भयो । उहाँले विमानस्थल बिस्तार गर्ने समय अनकुल नभएको पनि बताउनु भयो ।