१८ भाद्र २०८३, बिहीबार
,
Latest
कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नमिल्नेमा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)लाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ नहुने भएको छ ।

भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदन सोमबार हेर्न नमिल्नेमा परेको हो ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा रहेको पेसी हेर्न नमिल्नेमा चढाइएको छ ।

यसअघि एमालेलाई जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

विवादास्पद व्यक्तिले दिएको दान लिनु गैरकानुनी हुने भन्दै त्यसलाई रोक्न माग गरेर अधिवक्ता ज्ञानबहादुर बस्नेतसमेतले रिट दायर गरेका थिए ।