३१ असार २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३ सार्वजनिकः एआईको प्रयोग एसएमई एक्सचेञ्जदेखि ग्रीन बन्डसम्म कर्णालीमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा ८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन: सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्शानीको एकीकृत तथ्यांक एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा ग्यासको आधा सिलिण्डर नीतिले उद्योगी मारमा, बजार पूर्ण सहज हुन अझै समय लाग्ने एलपी ग्यासमा परल मूल्य कायम गरी लक्षित वर्गलाई अनुदान दिन व्यवसायीको सुझाव खाना पकाउने ग्यासको आपूर्ति, सुरक्षा र मूल्यमा सांसदहरूको चासोः ग्यास सिलिण्डरलाई ‘कलर कोडिङ’ गर्न सुझाव वाग्मती नदीको कटानले टौदहका बस्ती जोखिममा बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो टी–२० मा भारत दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित



अ+ अ-

एजेन्सी । दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाएर १२५ रनको लक्ष्य पुरा गरेको थियो ।

ट्रिस्टन स्टब्सले ४७ रनको अविजित इनिङ्स खेले । कम स्कोर भएको यो खेलमा उनी सर्वाधिक रन बनाउने खेलाडी बने ।

कुनै बेला अफ्रिकी टोली ८६ रनको स्कोरमा ७ विकेट गुमाएर संघर्ष गरिरहेको थियो । पिचले स्पिनरहरूलाई सहयोग गरिरहेको थियो र वरुण चक्रवर्तीले ५ विकेट लिएका थिए ।

यसका बाबजुद पनि कप्तान सुर्यकुमार यादवले फास्ट बलरहरुसँग डेथ ओभर बलिङ गर्ने निर्णय गरे ।

यो निर्णय टोलीका लागि महँगो साबित भयो र स्टब्स र जेरार्ड कुटीज (९ बलमा १९ रन)ले ८ औं विकेटका लागि २० बलमा ४२ रनको अविजित साझेदारी गरे । यहाँ भारतीय स्पिनर अक्षर पटेलको तीन ओभर बाँकी नै थियो ।

दक्षिण अफ्रिकाको यो जितपछि ४ खेलको सिरिज १–१ ले बराबरी भएको छ । यस अघि पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुनेछ ।

 




भर्खरै