१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक



अ+ अ-

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा कुनै न कुनै पर्वको रमझम हुन्छ । यसै क्रममा स–साना माटाका आर्कषक मूर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वले कार्तिक महिनाको सन्ध्याकालिन शितल वातावरणलाई मनमोहक एवं संगीतमय बनाइरहेको छ ।

मिथिलाञ्चलका चेलीबेटी अहिले लोक पर्व सामा चकेवा पर्वको अवसर पारेर माटोबाट निर्मित कलात्मक मूर्तिसहित लोकगीतको भाकामा झुम्मिदा सन्ध्याकालिन शरद ऋतुको शितल वातावरणलाई मनमोहक बनाइरहेको छ । कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट शुरु भई १० दिनसम्म यो पर्व मिथिलाञ्चलका चेलीबेटीले मनाउने गर्दछन् । कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न सुरिला गीतहरु गाएर सखी सहेलीहरुसँगै सामा चकेवा पर्व मनाइन्छ ।

यो पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा चकेवामा श्रीमान—श्रीमतीको सम्बन्धमा चुगली लगाउने चारुवक्र पात्र अर्थात चुगलाको जुँगालाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउँदै घृणाले गीत गाउछन् ।यसका साथै आफ्नो भाईको पुरुषार्थको गीतकै माध्यमबाट प्रशंसा समेत गर्ने गर्दछन् । कार्तिक पूर्णिमाका दिन बहिनी आफ्नो भाइलाई निमन्त्रण दिन्छिन् । भाईले घुँडामा राखेर सबै मूर्ती तोड्छन् र ती मूर्तीहरुलाई जोतेको खेतमा विसर्जन गरिन्छ । बहिनीले भाईलाई चिउरा, दही, मिष्ठान्न, सख्खरको भोजन गराउँछन् । यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ । सामा चकेवा पर्वलाई भाई बहिनी बीचको अगाध प्रेमको प्रतिकको रुपमा लिइन्छ । पछिल्लो समय समाजमा बढ्दै गइरहेको कटुताका बीच यो पर्वले प्रेमको सन्देश दिने गरेको छ ।

पछिल्लो समय मिथिलाञ्चलको लोक पर्वको रुपमा रहेको सामा चकेवा पर्व लोपोन्मुख अवस्थामा पुगेको छ । यस्ता लोक पर्वहरुलाई जगेर्ना गर्नसके मधेसको पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने भएकाले सामा चकेवा पर्वको संरक्षणतर्फ राज्यले समेत चासो देखाउनु आवश्यक रहेको कतिपयको भनाई छ ।

भगवान कृष्णका छोरा साम्ब र छोरी श्यामाबीचको स्नेहको प्रतिकको रुपमा यो पर्वलाई लिइन्छ । यो पर्व श्यामा र साम्ब बीचको अगाध स्नेहकै स्मरणमा मिथिलाञ्चलमा मनाइने गरिन्छ । सामा चकेवा पर्वको विषयमा पद्यमपुराण, स्कन्दपुराण लगायतका धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।