२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पूर्ण बहादुरको सारङ्गी’को व्यापारको असरः ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित



अ+ अ-

काठमाडौँ । आउँदो कात्तिक ३० गतेलाई प्रदर्शनको समय घोषणा गरिएको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित गरिएको छ ।

चलचित्रका वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अभूतपूर्व व्यापार गरिरहेको र नयाँ चलचित्र आउँदा ‘शो’ बाँडफाँडमा समस्या हुने भएकाले नयाँ मिति सार्वजनिक नभएसम्मका लागि ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय नेपाली चलचित्रले पाइरहेको दर्शकको साथले सबै चलचित्रकर्मीलाई उत्साहित बनाएको छ । गत दसैँदेखि छठसम्म नेपाली चलचित्रको व्यापार हेर्ने हो भने हामी अब विदेशी चलचित्रसँग डराउनुपर्ने अवस्था छैन । त्यसैले हामीले ‘मिसिङः केटी हराएको सूचना’ हाललाई प्रदर्शन रोक्ने र चलिरहेका नेपाली चलचित्रलाई साथ दिने घोषणा गरेका छौँ ।”

नयाँ चलचित्र आउँदा दर्शकको साथ प्राप्त चलचित्रलाई असर पर्ने सम्भावना रहने भएकाले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु आफ्नो दायित्व ठानेको निर्देशक दीपेन्द्र गौचनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी छिट्टै नयाँ प्रदर्शनको समय तय गर्नेछौँ । अहिलेलाई हामीले नेपाली चलचित्रको उत्सवलाई ऐक्यबद्धता दिएका हौँ । हामीले अब यसरी नै आपसी समझदारीमा अगाडि बढ्नुपर्छ ।”

वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर आफ्नो छुट्टै पहिचान बनाउनुभएका निर्देशक गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ झन्डै ३२ वर्षपछि निर्देशन गर्नुभएको हो ।

पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटिएको उक्त चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गर्नुभएको छ ।