२३ कार्तिक २०८१, शुक्रबार
,
Latest
नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा नियुक्त पूर्वमुमाबडामहारानी शाह अस्पतालबाट डिस्चार्ज चिसो बतास ल्याएर आइन कृपा ‘नेपालको पूर्वाधार विकासमा सहयोग गर्छौं’ टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता सुर्खेत–दैलेख सीमामा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु, २५ घाइते विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह सहकारी रकम अपचलन प्रकरणः कांग्रेस उपसभापति गुरुङकी पूर्वपत्नी विरुद्ध रेड नोटिस जारी बेसहाराका लागि ‘सहारा घर’ ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ मा विल्सको चयनसँगै ट्रम्पको पहिलो नियुक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गर्नुभएको छ ।

विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीहरुले काठमाडौँ उडानमा कटौती गरेका छन् । यही कारण देखाएर वायुसेवा कम्पनीहरुले पनि नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको हो ।

आज परराष्ट्र मन्त्रालयमा श्रम मन्त्री शरत्सिहं भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री डा राणाले उहाँहरुलाई विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि सो आग्रह गर्नुभएको हो ।

सो बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रतिनिधिहरुले उक्त समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री डा राणालाई ज्ञापनपत्र दिनुभएको थियो । उहाँहरुले विमानस्थलले उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेका र यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेका जानकारी गराउनुभएको थियो ।

सो बैठकमा मन्त्री डा राणाले भन्नुभयो “वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई महङ्गो टिकटका कारण समस्या परेको त छँदैछ, यो मारमा अरु पनि परेकाले धेरै गुनासो आएको छ । हवाई कम्पनीहरुले यदि एकाधिकार गरेका छन् भने उनीहरुलाई नियमन गरी आवश्यक प्रक्रियाभित्र ल्याउनुपर्दछ ।”

नेपालबाट टिकट नपाउने तथा धेरै नै महङ्गो हुने समस्या भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई केही समयका लागि भारतको विमानस्थल हुँदै जानुपर्ने अवस्थाका लागि कूटनीतिक पहल गरिदिन सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्व अध्यक्ष विमल गौतम एवं प्रनिनिधिहरु प्रज्ञान न्यौपानेलगायले मन्त्री डा राणसँग आग्रह गर्नुभएको थियो ।

मन्त्री डा राणाले त्यस्तो अवस्था आएमा आफूले कूटनीतिक पहल गर्ने आश्वासन पनि दिनुभएको थियो । उहाँले विमानस्थल मर्मत गरिने सूचना नेपालले छ महिना अघिदेखि नै दिएकाले अहिले आएर विदेशी हवाई कम्पनीहरुले अस्वाभाविक रुपमा भाडा बृद्धि गर्न नहुने बताउनुभयो ।

मन्त्री भण्डारीले श्रमिकलाई अहिले मर्का पर्नु त छँदैछ, यो समस्या राष्ट्रिय समस्या पनि भएकाले समाधानका उपायहरुको खोजी गरिने जानकारी दिनुभयो ।

अर्का मन्त्री पाण्डेले विमानस्थल मर्मतको कामको सूचना पहिल्यैदेखि दिइएकाले अहिले हवाइ कम्पनीहरुले आफूखुसी मूल्यबृद्धि गर्न नपाउने जिकीर गर्दै समस्याको समाधानका विकल्पकहरुका बारेमा छलफल गरिरहेको बताउनुभयो ।

उहाँले विमानस्थल मर्मत पनि गर्नैपर्ने काम भएकाले यसलाई निरन्तरता दिँदै यसबाट उत्पन्न असहज परस्थितिको समाधानका लागि विकल्पहरु खोजिने बताउनुभयो ।