२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
लागुऔषध नियन्त्रणका लागि जनचेतना र बजेटमा जोड दिन सांसद अर्यालको माग लागुऔषध नियन्त्रणमा राज्यका निकायको ‘मिलेमतो’ र कमजोर संरचनाप्रति सांसद दुलालको चिन्ता नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा मकवानपुरको भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘डोरी’का लागि ‘कास्टिङ कल’, नयाँ तथा पुराना कलाकारले अडिसन दिन सक्ने



अ+ अ-

काठमाडौं जी सेवेन प्रोडक्सनले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘डोरी’ का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुने यो चलचित्रको लागि चलचित्रमा अभिनय गर्न चाहने नयाँ तथा अनुभवी कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गरिएको छ ।

निर्माण कम्पनीले एक सूचना जारी गर्दै अडिसन कात्तिक २६ गते (आगामी सोमबार) बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा हुने जनाएको छ । अडिसनमा सहभागी हुन इच्छुक कलाकारहरूले आफ्नो अभिनय कौशल देखाउन छोटो मोनोलग वा कुनै दृश्य प्रस्तुत गर्नुपर्ने  निर्देशक अरुण लामाले बताए । यसको लागि १८ देखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुष कलाकारहरूले कम्तीमा २ मिनेट लामो दृश्य प्रत्यक्ष प्रस्तुत गर्नुपर्नेछ । अडिसनबारे प्रत्यक्ष जानकारी लिन चाहेमा [email protected] मा इमेल वा फोन नम्बरहरू ९८४००१६६४०, ९८४७९४२९१५  र ९८४५८९२७३४ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

निर्देशक लामाले चलचित्र क्षेत्रको सपना देख्ने र अभिनयको उत्साह भएकाहरूका लागि यो एक महत्त्वपूर्ण मौका हुने जनाए । लामाले निर्देशन गर्ने यो पहिलो फिचर चलचित्र हो । उनले यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्रहरूमा आफ्नो कुशलता देखाइसकेका छन् । चलचित्रको कथा एक सङ्घर्षशील युवाको जीवनमा आधारित छ, जसले आफ्नो परिवारको आर्थिक जिम्मेवारी पूरा गर्न जोखिमपूर्ण निर्णय लिन्छ । हाँसो, त्रास, र सङ्घर्षलाई रोचक ढङ्गले प्रस्तुत गर्ने यो चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको अभिनय रहनेछ । प्रमुख अभिनेत्री भने छनोट हुन बाँकी छ ।

चलचित्रको कथा लेखक स्वयं अरुण लामाले लेखेका हुन् भने मनोज पण्डितले स्क्रिप्टलाई थप प्रभावकारी बनाउन डक्टरिङ गरेका छन् ।  यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन्। सिनेमाटोग्राफी सौरभ लामाले सम्हाल्नेछन् भने एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष २०२५ मा सिनेमा हलमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।