१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचन अघि पदाधिकारी बैठक बोलाएको छ ।

उपनिर्वाचनको मिति नजिकिएकाले उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको सचिव दिनानाथ शर्माले बताए । बैठक शुक्रबार बिहान ११ बजे पेरिसडाँडाम बस्ने उनले बताए ।

यसअघि बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक उपचुनावपछि मात्रै बस्ने तयारी गरिएको शर्माले बताए ।

माओवादीको अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टी निर्माणको अभियान चलाउन तयारी गरेको छ। यही केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र उठेका विषयवस्तुलाई पनि आफ्नो दस्तावेजमा समेट्ने बताएका छन् ।