१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय क्रिकेटर इरफान पठान पनि फिल्म खेल्दै



अ+ अ-

मुम्बईः भारतीय क्रिकेटमा अलराउन्डर भूमिकामा देखिने गरेका क्रिकेटर इरफान पठान अब फिल्ममा खेल्ने भएका छन् । उनी कुनै हिन्दी फिल्ममा होइन, एक तमिल भाषाको फिल्मबाट डेब्यु गर्दैछन् ।

यस फिल्मका बारेमा उनले आफ्नो ३६औं जन्मदिनका अवसरमा गरेका हुन् । फिल्ममा उनको प्रथम तस्वीर रहेको पोस्टर पनि सार्वजनिक भएको छ । फिल्मको पोस्टरमा उनी निकै गम्भीर मुद्रामा देखिएका छन् । हुनतः भारतीय सिने उद्योगमा धेरै भारतीय क्रिकेटरले भूमिका निर्वाह गरिसकेका छन् ।

यस तमिल फिल्मको नाम कोब्रा राखिएको छ र यसमा इरफान पठानको नाम असलान यिलमाज हुनेछ । यहाँ उनी फ्रान्सेली इन्टरपोल अधिकारीको भूमिकामा रहेका छन् । यस फिल्ममा तमिल सुपरस्टार चियान विक्रम पनि रहने बताइएको छ । यसबाट के थाहा हुन्छ भने फिल्ममा विक्रमले नै मुख्य भूमिका निर्वाह गर्नेछन् र इरफानको भूमिका छोटो हुनेछ ।

केही मिडियाले विक्रमले यस फिल्ममा भारतीय जासुसको भूमिका निर्वाह गरेको बताएका छन् र उनी अलग अलग रुपरंगमा देखिने छन् । हाल यस फिल्मको सुटिङ भइरहेको छ । फिल्ममा केएस रवी कुमार, श्रीनिधि शेट्टी पनि काममा छन् ।

यो फिल्म अर्को वर्ष प्रदर्शन हुने अनुमान छ । (टाइम्स अफ इन्डिया)