२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार



अ+ अ-

काठमाडौँ । बिरामी भएर प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहनुभएका प्रधानमन्त्री क‍ेपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

ज्वरो आएर आराम गरिरहनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको चिकित्सकलाई उदृत गर्दै उहाँको सचिवालयले जनाएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ,’ सचिवालयले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी गराउँदै भनेको छ, ‘उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेका छन् ।’

बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारदेखि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ ।