२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.12

Wind: 1.03

Humidity: 64

Latest
धुम्मियो काठमाडौं, तीन दिन पानी पर्ने सम्भावना, प्रदूषणबाट मिल्ला त राहत ? काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने सिड्नीको अपूर्व सफलतापछि नेपथ्य अब गोकर्णेश्वरमा आज जनआन्दोलन दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेट



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)का अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशीबीच भेटवार्ता भएको छ ।

भारतको नयाँदिल्लीस्थित भारतमण्डप केन्द्रमा आज भएको भेटमा दुवै देशबीच भविष्यमा दिगो विकास, जलवायु परिवर्तनका असर न्यूनीकरण, स्वच्छ ऊर्जा सङ्क्रमणलगायत विषयमा सहकार्य गरेर जाने विषयमा छलफल भएको भेटमा सहभागी विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।

भेटमा ऊर्जामन्त्री खड्काले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनले नेपालका लागि पहिचान गरेका सोलार रोडम्याप निर्माण, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइ, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्नेलगायत आइएसएसँग काम गर्न आफू आशावादी रहेको बताउनुभएको थियो ।

मन्त्री खड्काले आइएसएको महानिर्देशक पदमा भारतको उम्मेदवारलाई नेपालको समर्थन रहेको बताउनुहुँदै उक्त पदमा विजयी भारतका उम्मेदवार आशिष खन्नालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले बुढीगण्डकी जलविद्युत् परियोजनाको जलाशयको सतहमा एक हजार मेगावाटको फ्लोटिङ सोलार विकास गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । आइएसएका कार्यक्रमलाई अगाडि बढाउन आइएसए र नेपालबीच चाँडै द्विदेशीय साझेदारी गरेर अगाडि बढ्नुपर्नेमा मन्त्री खड्काको जोड थियो ।

भेटमा आइएसएका अध्यक्ष एवम् भारतीय समकक्षी जोशीले नेपालमा सौर्य आयोजनालाई अगाडि बढाउन आइएसए कोषबाट आर्थिक सहयोग गरिने बताउनुभयो ।

भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक सिंहलगायत नेपाली प्रतिनिधिमण्डलका साथै नयाँदिल्लीस्थित नेपाली राजदूताबासका प्रतिनिधीको सहभागीता रहेको थियो ।