२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालय लक्षित आक्रमण



अ+ अ-

एजेन्सी । इजरायली सेना (आईडीएफ)ले सोमबार सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएर आक्रमण गरेको छ ।

सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट साझा गर्दै आईडीएफले भन्यो, “आईडीएफल सिरियामा हिजबुल्लाहको गुप्तचर मुख्यालयसँग सम्बन्धित आतंककारी लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो।“

यसअघि, इजरायली सेनाहरू इरानी एजेन्टहरूसँग काम गरिरहेका आतंककारी कार्यकर्तालाई पक्राउ गर्न सिरियामा प्रवेश गरेका आइडिएफले आइतबार साँझ खुलासा गरेको थियो।

एलिट एगोज कमाण्डो युनिटका सैनिकहरूले दक्षिणी सहर सैदामा बस्ने सिरियाली नागरिक अली सुलेमान अल–आदीलाई पक्राउ गरेका छन् । आईडीएफका अनुसार, अल–आदीले भविष्यको आतङ्कवादी गतिविधिका लागि सीमामा रहेर इजरायली सेनाका बारेमा खुफिया जानकारी सङ्कलन गर्नुभएको थियो ।

आईडीएफले अल–आदवास निगरानीमा रहेको र अहिले सोधपुछका लागि इजरायलमा रहेको बताएको छ।

आईडीएफले अल–आदीको फुटेज पनि जारी गरेको छ जसमा उहाँले सोधपुछकर्ताहरूलाई आफुलाई इरानले कसरी भर्ती गरेको थियो भनेर बताउनुभएको छ ।

हालैका दिनहरूमा अक्टोबर २६ मा इजरायली वायुसेनाले सैन्य आधार र हवाई रक्षा प्रणालीहरूमा आक्रमण गरेपछि इरानी अधिकारीहरूले आक्रमणको बारेमा आफ्नो बयानबाजी बढाएका छन् ।