१७ माघ २०८१, बिहीबार
,
Latest
मन्त्रिहरुले रिबन काट्ने र संसदमा कानून निर्माण गर्नेमा कुन महत्वपूर्ण बुझ्नुपर्छः सभामुख घिमिरे (अन्तरवार्ता) सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय, आवश्यक परे सडक संघर्ष गर्ने अमेरिकामा उडिरहेको विमान र हेलिकोप्टर आपसमा ठोक्किए पिएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँः डा विष्ट शितलहर र चिसोले प्रभावित जनकपुरवासीको जनजीवन, उडान ठप्प संसद् बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना अदालतको आदेशपछि अमेरिकी अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित पूर्वराजा ज्ञानेन्द्र शाह गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक शुक्ल चतुर्थीः छठको मुख्य व्रतविधि सुरु



अ+ अ-

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि आजदेखि सुरु भएको छ । चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरी एक छाक खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ ।

छठको विधि कार्तिक कृष्ण प्रतिपदा अर्थात् कोजाग्रत पूर्णिमाका दिनदेखि सुरु भएपनि मुख्य व्रतविधि आजदेखि सुरु भएको हो । छठ व्रत विधिको दोस्रो अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिन बुधबार सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यसलाई खरना गर्ने भनिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताउनुभयो । यस वर्ष कात्तिक २२ गते बिहीबार छठको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।

“षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ”, उहाँले भन्नुभयो । यस वर्ष कात्तिक २३ गते शुक्रबार कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । सरकारले यो पर्वका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । सूर्यको पूजा, आराधना र उपासनासँग जोडिएको यस पर्व तराईसँगै पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्ने गरेका छन् ।