२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता



symbolic picture
अ+ अ-

राजविराज (सप्तरी) : जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु र एकजना बेपत्ता भएका छन् ।

स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदायकुमार रायले बताउनुभयो ।

उहाँका अनुसार कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता रहेको छन् । बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ ।रासस