४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह

तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव

तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव
oplus_2
अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन् । दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका छन् । कमैया मुक्तिको घोषणापश्चात् पाइएको पाँच कट्ठा जग्गाबाट उहाँले तरकारीखेती सुरु गर्नुभएको हो ।

अहिले डगौराले एक बिघा बढी जग्गामा तरकारीखेती गर्नुहुन्छ । “पाँच कट्ठा जग्गा आफ्नै स्वामित्वको छ”, उहाँले भन्नुभयो, “बाँकी पन्ध्र कट्ठा जग्गा लिज ९भाडा०मा लिएर तरकारीखेती गर्दै आएका छौँ ।” बारीमा उत्पादित तरकारी बेचेर वर्षमा रु पाँच लाखदेखि रु सात लाखसम्मको आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । बर्सातको समयमा लहरे तरकारी लौका, फर्सी, काँक्रा, बोडी बाली रोप्ने डगौरा हिउँदको मौसममा काउली, बन्दागोभी, गोलभँेडा, फर्सी, खुर्सानी, आलु, तीतेकरेला लगायतको खेती गर्नुहुन्छ । जेठ वैशाख महिनामा काँक्रा, लौकाको खेती गर्नुहुन्छ । योसँगै तरकारीका बेर्ना तयार गरी किसानलाई उहाँले बिक्री गर्ने कार्य पनि गर्दै आउनुभएको छ । उत्पादित तरकारी स्थानीय बजारमा सहज रूपमा खपत हुने गरेको छ । “उत्पादित तरकारी केही बारीबाटै बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “बारीमा बिक्री हुन नसकेको तरकारी बजारसम्म पु¥याएर बिक्री गर्छौं ।”

तरकारी बिक्रीबाट डगौराले गाउँमा पक्की घर ठड्याएका छन् । घरमै बेरोजगार भएर बसेका छोराका लागि अटो रिक्सा खरिद गरेर स्वरोजगार बनाएका छन् । सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्नका लागि पावर टिलर डगौराले जोडेका छन् । तरकारी बजारसम्म पु¥याएर बेच्नका लागि डगौरासँग मोटरसाइकल पनि छ । घरको अन्न, नुन, तेलदेखि लुगाफाटोसम्मको खर्च तरकारीखेतीको कमाईले धानिएको छ । भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा बजारमा तरकारी बेच्न कुनै बेला निकै समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । सरकारी तवरबाट उपलब्ध हुने अनुदान अहिलेसम्म डगौरा नपाएको बताउनुहुन्छ ।

“दातृ निकायले अगुवा कृषकहरूलाई व्यावसायिक तरकारीखेती गर्ने तालिम दिएको थियो”, उहाँले भन्नुभयो, “त्यही तालिममा सहभागी हुने मौका पाए, तरकारीखेती गर्ने किसानको बारी अवलोकन गरे, त्यसपछि तरकारीखेतीमा संलग्न भए ।” विद्यालयको मुखसम्म देख्न नपाएका महादेव व्यावसायिक तरकारीखेती गर्दा मलको मात्रा कति राख्ने, कुन जातको बीउ प्रयोग गर्ने, कुन बेला सिँचाइ गर्ने, कुन विषादी प्रयोग गर्ने, खेत तयार गर्ने कुरामा निपुण छन् । “बुबा, बाजेले अरू कहाँ कमैया बसेर कार्य गरे”, उहाँले भन्नुभयो, “मैले पनि कमैया बसेकै घरमा सानै छँदादेखि गोरुगोठाला भएर काम गरे, तेह्र वर्षको उमेरदेखि नै गोरु जोत्न थाले, विद्यालय जानुपर्छ भन्ने थाहै भएन ।” कमैया बसेकै बेला त्यही विवाह भएको उहाँ बताउनुहुन्छ । कमैया मुक्तिको घोषणापछि सरकारले पुनः स्थापना गराउँदा यहाँ आएर बसेपछि कमाउने साधन नहुँदा केही दिन ज्याला मजदुरीमा काम गर्नु परेको उहाँ विगत सम्झिँदै बताउनुहुन्छ । गैरसरकारी संस्थाहरूले सञ्चालन गरेको तरकारीखेती सम्बन्ध तालिम लिएपछि अरू कार्य छाडेर तरकारीखेती गर्न थाले त्यसपछि पैसाका लागि कसैसँग हात थाप्नु नपरेको उहाँको भनाइ रहेको छ ।

महादेवकै जस्तै नौखरीका मिसालु चौधरी, विपदराम चौधरी, फुलमती चौधरी र जगत डगौराले व्यावसायिक तरकारीखेतीलाई निरन्तरता दिँदै आउनुभएको छ । तरकारीखेतीको कमाईले परिवारको खर्च सहज रूपमा चल्ने गरेको जगत डगौरा बताउनुहुन्छ । तरकारीखेती गर्ने सबैजनाको आर्थिक अवस्था सुदृढ हुँदै गएको छ । व्यावसायिक तरकारीखेतीमा लागेका मुक्त कमैया परिवार भन्दछन्, “बजारको व्यवस्थापनसँगै अनुदानका कार्यक्रम गरिखानेसम्म पु¥याइनुपर्छ ।”