१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरपोलको महासभामा भाग लिन प्रहरी महानिरीक्षक बेलायत प्रस्थान



अ+ अ-

काठमाडौँ: भोलिदेखि आगामी बिहीबारसम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२औँ महासभामा भागलिन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

इन्टरपोलका एक सय ९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने महासभाका क्रममा इन्टरपोलर विश्व स्वास्थ्य सङ्गठन बीचको सहयोग, आङ्कवादविरुद्धको रणनीति, प्रहरीको विश्लेषणात्मक क्षमता अभिवृद्धि, अतिवादविरुद्ध एकीकृत रणनीति, इन्टरपोलको संविधान संशोधनलगायत विषयमा छलफल हुने केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।रासस