४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई टेस्टः भारत पहिलो इनिङ्समा २६३ रनमा अलआउट



अ+ अ-

एजेन्सी । न्यूजिल्याण्ड विरुद्धको मुम्बई टेस्टको पहिलो इनिङ्समा भारतीय टोली २६३ रनमा अलआउट भएको छ । वानखेडे रंगशालामा जारी खेलमा आयोजक टोलीले न्यूजिल्याण्डमाथि २८ रनको अग्रता लिएको छ ।

दोस्रो इनिङ्समा न्यूजिल्याण्डले पहिलो ओभरमा १ विकेट गुमाएर २ रन बनाएको छ । कप्तान टम लाथम १ रनमा आकाश दीपबाट बोल्ड भए ।

शनिबार ८६र४ को स्कोरबाट खेल्न सुरु गरेको भारतले अन्तिम ६ विकेट गुमाएर १७७ रन बनाएको थियो । शुभमन गिलले ९० रन र ऋषभ पन्तले ६० रनको इनिङ्स खेले । दुवैले पाँचौं विकेटका लागि ९६ रनको साझेदारी गरे ।

अजाज पटेलले ५ विकेट लिए । म्याट हेनरी, ग्लेन फिलिप्स र इश सोधीले एक एक विकेट लिए । एक दिनअघि न्युजिल्यान्ड पहिलो इनिङ्समा २३५ रनमा अलआउट भएको थियो ।