२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शान्ति सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्छ’



अ+ अ-

राँझा । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले शान्ति, सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल संवत् ११४५ को अवसरमा नेवाः पुचः बाँके र नेवाः देयः देबू बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री अग्रवालले प्रदेश सरकारले शान्ति, सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नागरिकलाई शान्ति, सुरक्षा प्रदान गर्दै चाडपर्व निर्धक्कसँग मनाउने वातावरण सरकारले बनाएको बताउनुभयो ।

“चाडपर्वको बेला कालोबजारी गरी उपभोग्य वस्तुको मूल्य वृद्धि गर्ने कार्यलाई रोक्न पार्न प्रदेश सरकारले सम्वद्ध निकायलाई आग्रह गरेको छ”, मन्त्री अग्रवालले भन्नुभयो, “कहीँकतै कानुन विपरित कार्य भए आवश्यक कानुनी कारबाही गर्न आदेश गरिएको छ ।”

नेपालगञ्जमा नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको शालिक निमाण गर्न प्रदेश सरकारले सधैँ सहयोग गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालगञ्जमा शङ्खधर साख्वाको शालिक निर्माण गर्ने कुरा बारम्बार उठिरहेको छ, उहाँ नेपाल संवत्का प्रवर्तक हुनुका साथै नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूति पनि घोषणा गरिसकेको अवस्थामा उहाँको शालिक निर्माण गर्न सबैले पहल गर्नुपर्छ ।”

लुम्बिनी प्रदेशका सांसद मीना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायतले शुभकामना प्रदान गर्नुभएको नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र जोशीले जानकारी दिनुभयो ।