२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्समा अहिलेसम्मकै बढी, एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण



अ+ अ-

पेरिस । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन् ।

फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो संक्रमण देखिएको हो ।फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै सङ्क्रमितको संख्या दैनिक बढिरहेको अधिकरीहरुको भनाई छ । यहाँका स्वास्थ्य मन्त्रीले अहिले करिब चार हजार जना सङ्क्रमित आइसियुमा भर्ना भएका जानकारी दिनुभएको छ ।

यहाँका अस्पतालका करिब ७० प्रतिशत बेडहरु कोभिडका बिरामीले भरिएका पनि जानकारी दिइएको छ । फ्रान्समा पछिल्लो सयममा दिन प्रतिदिन कोभिडका सङ्क्रमित बढेका छन् । फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका छन् ।

युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ । (रासस÷सिन्ह्वा)