२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्छी



अ+ अ-

आज विहानै
एक तलाउमा
माछा मरेछ ।
बल्छीलाई कारबाही गरियोस ।
हजुर 
माछालाई न्याय दिनुहोस ।

मरेको माछा देखेपछि 
मलाई
कंशहरु,रावणहरु 
अझै मरेका छैनन भन्ने यकिन भएको छ ।
र यो पनि सिद्ध भएको छ कि
भृकृटी संगै हामीले बुद्धलाई पनि अन्माएछौं ।

धेरैजनाई मेरो उजुरी जाहेरी छ ।
पोखरीलाई, पानीलाई,गडेउलालाई, टागोलाई, बल्छीलाई ।
अनि
कालका देवतालाई धेरै फिराद छ मेरो 
तिमी पनि घुषखोरी भएछौ नि
चाकडीमा चुर्लुम्म डुबेछौं नि ।

हिजो त्यो बल्छी
दिन दहाडै
अदालतमा थियो ।
साझँ पख 
पार्टी कार्यालयमा थियो ।
मध्य रातमा 
मधुशालामा थियो ।

हो बल्छीले माछा खादैन
तर माछा मार्छ 
आज
अहिले त्यो बल्छी 
अर्को माछा संग छ
त्यसैले डर छ
माछाले नै बल्छी खेलाएपछि ।

खबरदार
माछाहरु
अब बल्छी भन्दा पनि
माछाहरु नै घातक हुनेछन ।
त्यसैले
महोदय,
माछालाई न्याय दिनुहोस ।
बल्छीका मतियारहरु
आफै भ्यागुत्ता कहलिने छन ।