६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’



अ+ अ-

धरान, (सुनसरी) । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ ।

दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो पर्वका रूपमा लिइन्छ । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलीमिली पारिन्छ । फूलको मालाले घर सिङ्गरिने चलन पनि उत्तिकै बढ्दो छ । पछिल्लो समय परम्परागत दियो बाल्ने चलन हिजोआज लोप हँुदै गएकाले आधुनिक झिलीमिली बत्तीले निकै ठाउँ पाएको व्यापारी नारद यादवले बताउनुभयो ।

तिहारमा विभिन्न किसिमका झिलीमिली बत्तीको व्यापार फस्टाएको यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले यस्ता बत्तीको मागसँगै बिक्री बढेको छ । बजारमा अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलमा पनि सिजनल व्यापारका रूपमा धेरै व्यापारीले बेचिरहेका छन् । व्यापार राम्रो भएको छ ।” झिलीमिली बत्ती अन्य चाडपर्व र विवाहको सिजनमा थोरैथोरै बिक्री भए पनि तिहारको समयमा अत्यधिक बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

धरानको मुख्य बजार भानुचोक सब्जी मन्दिरलगायत ठाउँमा यतिबेला बत्ती, फूलमालालगायत सामान किन्ने र बेच्नेको भ्याइनभ्याई छ । तिहारका लागि आवश्यक विभिन्न सामग्री खरिद र बिक्री गर्ने सर्वसाधरणको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ ।

भानुचोकमा झिलीमिली बत्ती बेच्दै गर्दा भेटिनुभएका प्रविन श्रेष्ठ तिहारमा छुट्टै खाल्को रौनक छाएको बताउनुभयो । उहाँले भन्नुभयो, यतिबेला बजारमा विद्युतीय सामानको खरिद बिक्री निकै बढेको छ ।” श्रेष्ठका अनुसार तिहारको समयमा झिलीमिली बत्तीको बिक्री राम्रो भएकाले व्यापार राम्रो हुने गरेको छ । दिनमा रु ४० देखि रु ५० हजारसम्मको विद्युतीय बत्तीलगायत सामान बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

व्यापारी श्रेष्ठले भन्नुभयो, “तिहारलाई लक्षित गरी व्यापारीले दसैँ आउन १–२ महिना बाँकी हुँदादेखि नै झिलीमिली बत्ती बिक्री गर्न सामान ल्याइसकेका हुन्छन् ।” केही दिनयता भने दैनिक रूपमा ठूलो परिमाणमा झिलीमिली बत्ती बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

झिलीमिली बत्तीसँगै यो समयमा साधारण खालका बल्बको पनि बिक्री तीन गुणा बढीले हुने गरेको श्रेष्ठको भनाइ छ । अहिले घरका सबै ठाउँ उज्यालो राख्नुपर्ने र घरै पूरै झिलीमिली बनाउने मान्यता रहिआएका कारण घरका सबै होल्डरमा बत्ती जोड्ने गरिएकाले त्यस्ता बल्बको पनि बिक्री बढेको उहाँले बताउनुभयो ।

अहिले बजारमा फरक–फरक खालका झिलिमिली बत्ती फरक–फरक मूल्यमा बिक्रीका लागि उपलब्ध छन् । न्यूनतम प्रतिगोटा रु २० देखि रु १० हजारदेखि रु २० हजारसम्म पर्ने बत्ती बजारमा बिक्रीका लागि राखिएका छन् । पछिल्लो समय लोडसेडिङको समस्या कम भएकाले पनि प्रत्येक वर्ष तिहारमा यस्ता बत्तीको माग दोब्बर नै बढ्ने गरेको व्यवसायीको भनाइ छ । रासस