२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई जनताले माया गर्न थाले, भ्रष्टाचारबिरोधी अभियान चलाउँदा सत्ताबाट हटेँः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार बिरोधी अभियान चलाएकै कारण आफू सत्ताबाट हट्नुपरेको बताउनुभएको छ ।

बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक न्यायको पक्षमा, आर्थिक समस्या समाधानको लागि जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरुले भ्रष्टाचारी बचाउनकै लागि तथाकथित संख्याको बलमा आफूलाई सत्ताच्युत गरेको बताउनु भयो । उहाँले आफूले गरेका कामहरु राम्रोसँग जनतालाई बुझाउने अवसरका रुपमा आफूले लिएको बताउनु भयो । आफूलाई जनताले अहिले धेरै नै माया गरेको महशुस हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले भ्रष्टाचार बिरोधी अभियान चलाएकै कारण, हामीले सामाजिक न्यायको पक्षमा अभियान चलाएकै कारण, हामीले आर्थिक समस्या समाधानको लागि जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरुले भ्रष्टाचारी बचाउनकै लागि तथाकथित संख्याको बलमा हामीलाई बाहिर जान बाध्य पारेका छौँ । यसलाई हामीले दुःख मनाउ गरेका छैनौँ । अब हामी आफूले गरेका काम जनतलाई राम्रोसँग बुझाउने अवसर हो यो । यो अवसरको रुपमा प्रयोग गर्न खोजेका छौँ ।

अहिले देशभर जनताले साँच्चै देशलाई माया गर्ने, जनतालाई माया गर्ने, जनताको मुक्ति र सुविधाकै निम्ति संघर्ष गर्ने पार्टी माओवादी नै रहेछ भन्ने परेको छ । आजकाल मलाई त जनताले एकदम माया गरेको देखेको छु । हाम्रा साथीहरुले मात्रै होइन, सामान्य जनताले पनि, कलाकारहरुले पनि, बुद्धिजीविहरुले पनि । सबैले भन्न थाल्नुभएको छ । अलिअलि त डर पनि लागेको छ । अब नेपालको भरोसा तपाईंमा मात्रै छ, अब आश गर्ने हामीले तपाईंसँग मात्रै हो भन्न थाल्नुभएको छ । यो ठूलो जिम्मेवारीको कुरा हो । जनताले फेरि एक पटक माओवादीलाई हेर्न खोजेको हो । फेरि माओवादीको नेतृत्वमा एक पटक सरकार भयो भने भनेका छन् ।’

अध्यक्ष दाहालले फेरि माओवादीको नेतृत्वमा एक पटक सरकार बनेको हेर्न जनताले चाहेको बताउनु भयो ।