९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई जनताले माया गर्न थाले, भ्रष्टाचारबिरोधी अभियान चलाउँदा सत्ताबाट हटेँः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार बिरोधी अभियान चलाएकै कारण आफू सत्ताबाट हट्नुपरेको बताउनुभएको छ ।

बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक न्यायको पक्षमा, आर्थिक समस्या समाधानको लागि जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरुले भ्रष्टाचारी बचाउनकै लागि तथाकथित संख्याको बलमा आफूलाई सत्ताच्युत गरेको बताउनु भयो । उहाँले आफूले गरेका कामहरु राम्रोसँग जनतालाई बुझाउने अवसरका रुपमा आफूले लिएको बताउनु भयो । आफूलाई जनताले अहिले धेरै नै माया गरेको महशुस हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले भ्रष्टाचार बिरोधी अभियान चलाएकै कारण, हामीले सामाजिक न्यायको पक्षमा अभियान चलाएकै कारण, हामीले आर्थिक समस्या समाधानको लागि जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरुले भ्रष्टाचारी बचाउनकै लागि तथाकथित संख्याको बलमा हामीलाई बाहिर जान बाध्य पारेका छौँ । यसलाई हामीले दुःख मनाउ गरेका छैनौँ । अब हामी आफूले गरेका काम जनतलाई राम्रोसँग बुझाउने अवसर हो यो । यो अवसरको रुपमा प्रयोग गर्न खोजेका छौँ ।

अहिले देशभर जनताले साँच्चै देशलाई माया गर्ने, जनतालाई माया गर्ने, जनताको मुक्ति र सुविधाकै निम्ति संघर्ष गर्ने पार्टी माओवादी नै रहेछ भन्ने परेको छ । आजकाल मलाई त जनताले एकदम माया गरेको देखेको छु । हाम्रा साथीहरुले मात्रै होइन, सामान्य जनताले पनि, कलाकारहरुले पनि, बुद्धिजीविहरुले पनि । सबैले भन्न थाल्नुभएको छ । अलिअलि त डर पनि लागेको छ । अब नेपालको भरोसा तपाईंमा मात्रै छ, अब आश गर्ने हामीले तपाईंसँग मात्रै हो भन्न थाल्नुभएको छ । यो ठूलो जिम्मेवारीको कुरा हो । जनताले फेरि एक पटक माओवादीलाई हेर्न खोजेको हो । फेरि माओवादीको नेतृत्वमा एक पटक सरकार भयो भने भनेका छन् ।’

अध्यक्ष दाहालले फेरि माओवादीको नेतृत्वमा एक पटक सरकार बनेको हेर्न जनताले चाहेको बताउनु भयो ।




भर्खरै