१४ कार्तिक २०८१, बुधबार
,
Latest
पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’ एकताको कुरा भनेर पनि धेरै हुने मैले देखेको छैनः अध्यक्ष दाहाल सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’ नेपाल र बंगलादेशबीचको खेल हेर्न दर्शकको भिड (तस्बिरहरु) ऊर्जा उत्पादक निजी क्षेत्रलाई सरकारले खुट्टा बाँध्ने काम गरिरहेको छः अध्यक्ष कार्की मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी न्यूयोर्कमा इतिहासमै पहिलोपटक दिपावलीको अवसरमा विद्यालय विदा रेड पान्डाको छालासहित पक्राउ तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेड पान्डाको छालासहित पक्राउ



symbolic picture
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनलाई दुईवटा रेड पाण्डाको छालासहित पक्राउ गरेको हो ।” उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।