१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन



file photo
अ+ अ-

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन हुनु भएको छ ।

बुधबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले लम्साललाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो।

आजको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँले पेस गरेको कार्ययोजनामा आफ्नो नाम समितिबाट अनुमोदन भए दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी गराउनु भएको थियो ।

उहाँले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।