१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

चर्चित अष्ट्रेलियन अलराउन्डर बेन कटिङ लुम्बिनी लायन्सबाट खेल्ने

चर्चित अष्ट्रेलियन अलराउन्डर बेन कटिङ लुम्बिनी लायन्सबाट खेल्ने
अ अ+ अ-

काठमाडौँ । चर्चित अष्ट्रेलियन अलराउन्डर बेन कटिङ लुम्बिनी लायन्समार्फत नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल्ने भएका छन् ।

बलियो ब्याटिङ र प्रभावकारी मिडियम पेस बलिङका लागि परिचित कटिङको अन्तर्राष्ट्रिय अनुभव र बहुमुखी क्षमताले लुम्बिनी लायन्सको टिमलाई झनै बलियो बनाउने अपेक्षा गरिएको छ ।

कटिङले आफ्नो करियरमा विश्वभरका टी–२० लिगहरूमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बाश लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल)र क्यारिबियन प्रिमियर लिग (सीपीएल) जस्ता ठूला फ्रेन्चाइजहरूमा सहभागी भएका छन् ।

विशेष गरी २०१६ को आईपीएल फाइनलमा सनराइजर्स हैदराबादलाई उपाधि जिताउन उनले देखाएको उत्कृष्ट प्रदर्शन क्रिकेटप्रेमीहरुमाझ अहिलेसम्म पनि ताजा छ । लामो छक्का हान्ने क्षमता र चुनौती पूर्ण अवस्थामा पनि बलिङ गर्न सक्ने उनको खुबीले उनलाई कुनै पनि टी–२० टिमको लागि एउटा अमूल्य खेलाडी बनाएको छ ।

लुम्बिनी लायन्ससँगको सम्झौतापछि उत्साहित हुँदै बेन कटिङले भने, “नेपाल प्रिमियर लिगको यो पहिलो सिजनको हिस्सा हुन पाउँदा र विशेषगरी लुम्बिनी लायन्समा सामेल हुन पाउँदा म निकै उत्साहित छु । लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने मेरो लक्ष्य रहेको छ ।’

लुम्बिनी लायन्स क्लबका मालिक ईश्वर जिसीले कटिङलाई स्वागत गर्दै भने, ‘बेन कटिङलाई हाम्रो टिममा स्वागत गर्न पाउँदा निकै खुसी छौं। उनको अन्तर्राष्ट्रिय अनुभव र अलराउन्ड क्षमताले एनपीएलको यस पहिलो सिजनमा नै उपाधि जित्ने हाम्रो लक्ष्य प्राप्तीलाई थप बलियो बनाएको छ ।’

आफ्नो करियरभर बेन कटिङले आफूलाई टी–२० फर्म्याटमा एक विश्वसनीय अलराउन्डरको रूपमा स्थापित गरेका छन् । उनले १७० भन्दा बढी टी–२० खेल खेलेका छन् जसमा २००० भन्दा बढी रन बनाएका छन् भने उनको स्ट्राइक रेट १५० भन्दा माथि रहेको छ । साथै बलिङतर्फ उनले १२६ विकेट लिएका छन् भने उनको इकनोमी रेट ८।५३ रहेको छ ।

८ फ्रेन्चाइजी टिमहरू रहेको नेपाल प्रिमियर लिग २०२४ मंसिर १५ गतेबाट सुरु भएर पुष ६ गतेसम्म चल्नेछ ।