काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा सभापति रवि लामिछाने पक्राउको विरोधमा आज बालुवाटार केन्द्रित प्रदर्शन जारी छ ।
प्रधानमन्त्री निवास नजिकै रास्वपाका नेता–कार्यकर्ता भेला भई आन्दोलन थालेका हुन् ।
यसैबीच, प्रहरीले १७ नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।