२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा छ्याप्छ्याप्ती छन् प्रतिवन्धित प्लाष्टिकका फूल र माला (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । तिहार शुरु भएसँगै बजारमा रौनक बेग्लैछ । फूलहरुको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार शुरु भएसँगै बजारमा फूलहरु बेच्नका लागि राखिएको छ ।

बजारमा मखमली, सयपत्री लगायतका फूलहरु बेच्नका लागि पसल पसलमा झ्न्ड्याएर राखेको देख्न सकिन्छ । तर पसलहरुमा सयपत्री र मखमली फूल मात्रै छैनन् । प्लाष्टिकका फूलहरुले पनि बजार ढाकेको छ ।

प्लाष्टिकका फूलहरु विक्री वितरण गर्न काठमाडौं महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिवन्ध लगाएका छन् । तर प्लाष्टिकका फूलहरु उपत्यकाका विभिन्न पसलहरुमा देख्न सकिन्छ । जो बेच्नका लागि राखिएको छ । किसानहरु फूल विक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरुको खपत बढाउनु र बजार बिस्तार गर्नुको सट्टा व्यवसायीहरु छिमेकी मुलुक भारतबाट प्लाष्टिक अन्य मखमली एवं सयपत्री फूलहरु ल्याएर बेच्ने गरेका छन् । रोक लगाइरहँदासमेत प्लास्टिकका मालाहरु छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ ।

काठमाडौं उपत्यकामा व्यवसायीहरुले यसरी प्लाष्टिकका फूल र मालाहरु बेचिरहेका छन् हेरौँ केही तस्बिरहरु :

तस्बिरहरुः न्युज एजेन्सी नेपाल