१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा छ्याप्छ्याप्ती छन् प्रतिवन्धित प्लाष्टिकका फूल र माला (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । तिहार शुरु भएसँगै बजारमा रौनक बेग्लैछ । फूलहरुको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार शुरु भएसँगै बजारमा फूलहरु बेच्नका लागि राखिएको छ ।

बजारमा मखमली, सयपत्री लगायतका फूलहरु बेच्नका लागि पसल पसलमा झ्न्ड्याएर राखेको देख्न सकिन्छ । तर पसलहरुमा सयपत्री र मखमली फूल मात्रै छैनन् । प्लाष्टिकका फूलहरुले पनि बजार ढाकेको छ ।

प्लाष्टिकका फूलहरु विक्री वितरण गर्न काठमाडौं महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिवन्ध लगाएका छन् । तर प्लाष्टिकका फूलहरु उपत्यकाका विभिन्न पसलहरुमा देख्न सकिन्छ । जो बेच्नका लागि राखिएको छ । किसानहरु फूल विक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरुको खपत बढाउनु र बजार बिस्तार गर्नुको सट्टा व्यवसायीहरु छिमेकी मुलुक भारतबाट प्लाष्टिक अन्य मखमली एवं सयपत्री फूलहरु ल्याएर बेच्ने गरेका छन् । रोक लगाइरहँदासमेत प्लास्टिकका मालाहरु छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ ।

काठमाडौं उपत्यकामा व्यवसायीहरुले यसरी प्लाष्टिकका फूल र मालाहरु बेचिरहेका छन् हेरौँ केही तस्बिरहरु :

तस्बिरहरुः न्युज एजेन्सी नेपाल