२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोड्रीले जिते फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि’ओर



अ+ अ-

काठमाडौं । रोड्रीले फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि’ओर जितेका छन् ।

फ्रान्सको पेरिसमा आयोजित भव्य समारोहमा केहिबेरअघि स्पेन तथा म्यान्चेस्टर सिटीका डिफेन्सिभ मिडफिल्डर रोड्रीलाई २०२३-२४ को बालोन डि’ओर विजेता घोषणा गरिएको हो ।

२८ वर्षिय रोड्रीले ब्राजिल तथा रियल मड्रिडका भिनिसियस जुनियरलाई पछि पारे । रोड्री युरो कपमा प्लयेर अफ द टुर्नामेन्ट तथा प्रीमीयर लिग विजेता बनेका थिए ।

यस्तै, बार्सिलोना र स्पेनकी स्टार आइताना बोनमाटी लगातार दोस्रो पटक महिला बालोन डी’ओर जित्न सफल रहिन् ।

बालोन डी’ओरको विजेता १०० विशेषज्ञ पत्रकारहरुको अन्तर्राष्ट्रिय निर्णायक मण्डलले छनोट गरेको हो । रियल मड्रिडले उक्त समारोह बहिष्कार गरेको थियो ।

२१ बर्षपछि लियोनल मेसी र क्रिस्टियानो रोनाल्डाे दुबै खेलाडीहरु नोमिनेसनमा परेनन् । मेसीले सर्वाधिक ८ तथा रोनाल्डाेले ५ पटक यो अवार्ड जितेका छन् ।