१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सुवाष नेम्वाङ वर्तमान संविधानका पिता हुन्ः सर्वोच्च अदालतकी न्यायाधीश प्रधान

सुवाष नेम्वाङ वर्तमान संविधानका पिता हुन्ः सर्वोच्च अदालतकी न्यायाधीश प्रधान
अ अ+ अ-

काठमाडौँ । कानूनविद्हरुले स्वर्गीय सुवाषचन्द्र नेम्वाङको समन्वयकारी व्यक्तित्वको चर्चा गरेका छन् ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले नेम्वाङलाई अहिलेको संविधानको पिताको रुपमा पनि चित्रण गर्नुभयो । सोमवार सर्वोच्च अदालत बार एशोसिएशनले प्रकाशित गरेको स्मृतिमा सुवाष नेम्वाङ स्मृति ग्रन्थ लोकापर्ण कार्यक्रममा बोल्दै उहाँले संक्रमणकालीन न्यायलाई आजको अवस्थामा पु¥याउने पनि उहाँले निर्वाह गर्नुभएको भुमिको खुलेर प्रशंशा गर्नुभयो ।

न्यायाधीश प्रधानले भन्नुभयो, सबैले भनेको उहाँ एकदमै सकारात्मक र मैले स्मरण गर्दा खेरी मैले भने कि फाउन्डिङ फादर अफ कन्टिच्युशन पनि भन्छु । यसको फाउन्डिङ फादर नैहो उहाँ । सबैले संक्रमणकालीन न्यायलाई कानूनको माध्यमबाट आज यहाँ पु¥याउनका लागि पनि उहाँको ठूलो योगदान छ भन्ने कुरा पनि म स्मरण गर्न चाहन्छु ।

कार्यक्रममा एमाले नेता भीम रावलले स्वर्गीय नेम्वाङले देशको निम्ति ठूलो योगदान गर्नुभएको चर्चा गर्नुभयो । कूटनीति, राजनीति, विवाद मिलाउने विषयमा उहाँ सिपालु भएको र त्यसैले आफूसँग उहाँको मित्रता कायम हुन गएको पनि उहाँले स्मरण गराउनु भयो । नेम्वाङलाई बहुआयामिक व्यक्तित्वको रुपमा उल्लेख गर्दै नेता रावलले उहाँले पार्टीमा आउने गरेको झटका मिलाउन काममा पनि नेतृत्वदायी भुमिका खेल्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सुवाषजीको बहुआयामिक व्यक्तित्व थियो । उहाँ मिठो बोलेर ठूलाठूला कुरा पल्टाईदिने । त्यस्तो विशेषता उहाँको । मैले त खेलमा पनि भनेको छु–उहाँ कूटनीतिमा पनि उत्तिकै सिपालु । र कुरा मिलाउन पनि सिपालु । उहाँसँगको मेरो मित्रता पनि यी सबै कुराहरुमा मिसिन्थ्यो । पार्टीमा कहिलेकाँही झटका आउँथ्यो नि । त्यस्ता कुराहरुमा पनि मिसिन्थ्यो । उहाँले देशको निम्ति धेरै ठूलो योगदान गरेर जानुभएको छ । ’

एमाले सांसद सुहाङ नेम्वाङले आफ्ना पिता सुवाषले सिंगै मुलुकको एकतामा जोड दिएको र त्यसै बाटौबाट मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने बताउनु भयो । उहाँले नेपाली राजनीतिलाई सकारात्मक बाटोमा अघि बढाउन आफ्ना बुबा सुवाषको अभाव अहिले पनि खडकीरहेको बताउनु भयो ।

सांसद नेम्वाङले भन्नुभयो, ‘अहिलेको जुन राजनीतिक परिस्थिति छ । त्यो राजनीतिक परिस्थितिमा कहाँ कहाँ उहाँको उपस्थिति खडकिरहेको छ कि जस्तो मलाई लाग्छ । उहाँको जुन तरिकाको सकारात्मकता थियो, जुन तरिकाको विनम्रता थियो । अहिलेको राजनीतिमा पनि त्यसको ठूलो आवश्यक्ता छ कि भन्ने मलाई लाग्छ । हामी नैरश्यता र नकारात्मकतालाई मात्र बेचेर हिँडिरहेको जस्तो लाग्छ । हामीले विनम्रता भन्ने चिज त परै जाओस, त्यसलाई हामीले सम्झन पनि नचाहेको जस्तो लाग्छ । त्यही कारणले गर्दा अहिलेको परिस्थितिमा उहाँको उपस्थिति चाहीँ साह्र खडेकेको जस्तो आभास मलाई भएको छ । त्यही कारणले गर्दाखेरी म भन्न चाहन्छु । उहाँले जिन्दगीभर एउटै भाषण गर्दै हिँड्नुभयो ।

एकताको भाषण गर्दै हिँड्नुभयो, एकताको भाषण गर्दागर्दैै उहाँ बितेर जानुभयो । तर हामीले त्यो कुरा बुझ्यौ कि बुझेनौ भन्ने चाहीँ मलाई ठूलो चिन्ता लागेको छ । म यहीबाट पनि आग्रह गर्न चाहन्छु–हामीले सहमती र सहकार्यको कुरा गर्नुपर्दछ । हामीले सकारात्मकताको कुरा गर्नुपर्दछ । हामीले विनम्रताको कुरा गर्नुपर्दछ । उहाँले सधैं भाषणमा यही कुरालाई जोड दिएर भन्नुभयो, यसैले गर्दा मुलुक एक ठाउँमा आउँछ, समृद्धितिर हामी जानसक्छौं । बनेको कानूनलाई कार्यान्वयन गर्नसक्छौं । भनेर उहाँले जहिल्यै वकालत गर्दै हिँड्नुभयो । ’

नेम्वाङले पिता सुवाषको विनम्रता, शालिनताबाट सिकेर राजनीतिक दलहरु अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।