१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सांसदहरुको जोड

भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सांसदहरुको जोड
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले सरकारले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुदले सरकारले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गराउन नसकेको बताएका हुन् । उनीहरुले सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप पनि लगाएका छन् ।

त्यस्तै सरकार एकलौटी ढंगले चलेको पनि उनीहरुको भनाई छ । बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले भ्रष्टाचारका फाइलहरु अगाडी नबढाएको बताउनु भयो । उहाँले सरकारले प्रतिपक्षहरुलाई फरक नजरले हेर्ने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले जनताका तहमा जति भ्रष्टाचार निवारणका कुरा आइरहेका छन् । जति अख्तियारले अथवा सरकारका निकायले जनताले अनुभुत गर्ने गरेर भएका छन् भन्ने लागेको छैन । भर्खरै हामीले सुनिरहेका छौँ । दान, दातव्यका कुराहरु पनि आइरहेका छन् । अरु कयौँ विषयवस्तु आइरहेका छन् । भ्रष्टाचारका फाइलहरु विगतको सरकाले जसरी अगाडी बढाउन खोजेको थियो । ति सक्रियताका साथ, टुंगोमा पु¥याउने काममा थुप्रै आशंकाहरु आएका छन् । ऐनको कार्यान्वयन गर्दा पनि काखा राखेर गर्ने हो कि पाखा राखेर गर्ने हो ? काखा र पाखाको विषयवस्तु पनि प्रशस्त आइरहेको छ । सरकारले आफ्नो पक्षलाई एउटा आँखाले हेर्ने । अनि आफुलाई मन नपरेकोलाई अर्को आँखाले हेर्ने कुरा पनि व्यापक रुपमा आएको छ । यसलाई व्यवहारिक रुपमा चिर्नुपर्ने हुन्छ । म सरकारलाई आग्रह गर्दछु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले सरकार एकपक्षिय ढङ्गले अगाडी बढिरहेको बताउनु भयो । उहाँले कसैलाई कारबाही गर्ने र कसैलाई कारबाही नगर्ने गरेको भन्दै यसमा जनताको आपत्ति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारको रवैया जो छ, अहिले जुन किसिमको काम, कारबाही भइरहेको छ । एकपक्षिय ढङ्गले गरिरहेको जस्तो देखिइरहेको छ । कसैलाई कारबाही गर्ने कसैलाई कारबाही नगर्ने भइरहेको छ । जनताको आवाज यो छ, यसमा गृहमन्त्रीको ध्यान जाओस् ।’

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले सुशासन कायम गर्न भ्रष्टाचार निरुत्साहित गराउने गरी ऐन बनाउनुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार शुन्य हुनेगरी ऐन नबनाएसम्म देशको विकास नहुने बताउनु भयो ।

बैठकमा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष तथा सांसद अशोक राईले देशमा भ्रष्टाचारको दायरा बढेको भन्दै सुशासन कमजोर भएको बताउनु भयो । उहाँले स्थानीय तहमा झन भ्रष्टाचार बढेको बताउनु भयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र बढाउने भन्दापनि जनशक्ति र कार्यक्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका सांसद हृदयराम थानीले गिरिबन्धु, क्यान्टन्मेन्ट, ललिता निवास, बाइडबढी, यति र ओम्नी काण्डको छानविन कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न गर्नुभयो । उहाँले सबै भ्रष्टाचार काण्डहरुको छानविन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सबै भ्रष्टाचारको काण्डहरुको कुराहरु व्यापक रुपमा उठेको छ । गिरिबन्धु कहाँ पुगेको छ रु खोजतलास हुने हो कि होइन रु क्यान्टनमेन्टको खोज तलास हुने हो कि होइन । ललिता निवासको अवस्था के छ रु वाइडबडी कहाँ पुगेको छ रु यति र ओम्नी कहाँ पुगेको छ ?यस्ता धेरै छन् । त्यसको जवाफदेहिता, उत्तर दिने कसले हो ?’

नेकपा(माओवादी केन्द्र)की सांसद दुर्गा राईले एमाले पार्टी कार्यालय भवन बनाउनका लागि दानको रुपमा जग्गा लिइएको भन्दै त्यो भ्रष्टाचार हो कि होइन भनेर प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो दानको कुरा के हो ? भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने कुरा १० रोपनी १४ आना जग्गाले के गर्छ ? यो कुरा सरकारले किन गर्दै छ र सरकार चलाउने पार्टी र सरकारको प्रमुखबाट किन यस्तो हुन्छ ? अख्तियार प्रमुख यहीँ हुनुहुन्छ यो भ्रष्टाचार हो कि के हो ? उत्तर चाहिन्छ ।’

नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको भन्दै राज्य संयन्त्र असफल भएको हो भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो खालको घटना दैनिक घटिरहेका छन्घु(स दिनुपर्ने) नियन्त्रण कहिँबाट भएन । यो नियन्त्रण गर्ने ठाउँमा हामी सक्दै नसक्ने । हामी सम्पूर्ण राज्य संयन्त्र फेलियर भएको हो कि के हो ? यो बारेमा गम्भीर छलफल हुनु जरुरी छ ।’

सांसदहरुले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।