१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न सांसद कार्कीको माग

रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न सांसद कार्कीको माग
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न सरकार समक्ष माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले सहकारी ठगी प्रकरणमा पोखरा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न माग गर्नुभएको हो । उहाँले लामिछानेले प्रमाण नष्ट गर्ने तथा भाग्ने कुनै सम्भावना नरहेकाले थुना बाहिर राखेर अनुसन्धान गर्न सकिने बताउनु भयो । उहाँले रास्वपाले पोखरामा सडक आन्दोलन गरेर न्यायपालिकालाई प्रभावित गर्न नखोजेको स्पष्ट पार्नुभयो । पार्टी सभापति पक्राउ पर्दा कार्यकर्ताहरु स्वतःफुर्त रुपमा भेला भएका भन्दै गलत मनशायले आफूहरुले आन्दोलन नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायपालिकालाई प्रभावित गर्ने प्रयास गरिरहेको भनेर प्रचार गरिरहेका छन् । त्यो होइन भनेर प्रष्ट रुपमा भन्न चाहन्छु । किनभने १२ लाख नेपालीले पत्याएको, देशको चौथो ठूलो पार्टीको सभापतिलाई प्रहरीले प्रक्राउ गरेर थुनिराख्दाखेरी जनता चिन्तित भइ भेला भएको कुरालाई मैले प्रष्ट्याउनु पर्दैन । यो कुनै गलत मनशायले गरिएको होइन । जनताको स्वस्फुर्त जमातले गरेको कुरा हो । उहाँले कुनै प्रमाण नष्ट गर्ने कुरा आउँदैन । भाग्ने कुनै सम्भावना छैन । त्यसैले म गृहमन्त्रीज्यूलाई विशेष आग्रह गर्न चाहन्छु, उहाँलाई थुना बाहिर राखेर नै अनुसन्धान गर्ने व्यवस्था गरेर उहाँलाई न्याय दिन सकिन्छ कि भनेर सोच्नु हुनलाई विनम्रपूर्वक भन्न चाहन्छु ।’

बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईंले कानून सबैलाई बराबरी लाग्ने भन्दै रवि लामिछाने पक्राउको विरुद्धमा नारा जुलुस नगर्न रास्वपालाई आग्रह गर्नुभयो । उहाँले संयम र धैर्य रहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कानुन त सबैलाई लाग्नुप¥यो नि । कानुनभन्दा माथि त कोही पनि छैन । चाहे रविजी हुनुहोस् । चाहे हामी हौँ । संसदीय छानविन समितिले निर्णय गरेर सरकारलाई दिएपछि छानविन गरेको छ । अहिले उहाँलाई भ्रष्टाचारी भनेर भनेको पनि छैन । यो भन्दा अगाडी पनि धेरै मान्छेहरुलाई मुद्दा लागे, जेल गए । कसैले आन्दोलन गरेर, जुलुस गरेर अरु सरकार पक्षका मान्छेलाई व्यक्तिगत रुपमा मुख छाडेर हिँडेका हामीले सुनेका पनि छैनौँ । त्यसकारण सबैले संयम र धैर्य भएर कानूनभन्दा माथि कोही छैनौँ भनेर बसेर कानूनलाई पर्खिनुपर्छ भन्ने मेरो आग्रह पनि छ ।’

त्यस्तै नेकपा(एमाले_का सांसद रघुजी पन्तले कुनै व्यक्तिलाई न्यायिक अनुमति बिना प्रहरीले थुनामा राख्दा मात्रै त्यसको विरुद्ध बोल्न सकिने बताउनु भयो । उहाँले न्यायपालिकाको अनुमतिमा व्यक्ति पक्राउ पर्दा नाराबाजी गर्नु न्यायालयलाई दबाब दिनु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘चुनावमा कति मत ल्याउनु भयो भन्ने कुरा कुनै पार्टी र कुनै नेताको लागि यो लागु होइन । ५० लाख, २ करोड नै मत ल्याएर उसले चुनाव जिते पनि भ्रष्टाचार ग¥यो भने त जानुप¥यो नि । कुनै पनि मान्छेलाई बिना न्यायिक अनुमति थुनिराखेको छ भने त्यो गैरन्यायिक कुरा हो त्यसबारेमा बोल्न मिल्छ । तर जब न्यायपालिकाले अनुमति दिएर थुनेको छ भने त्यसको विरुद्धमा जुलुस, नाराबाजी गर्नु भनेको न्यायालयलाई दबाब दिनु हो । त्यो कसैले पनि गर्नुहुँदैन ।’

सांसद पन्तले न्यायालयलाई दबाब दिनेगरी जुलुस तथा नाराबाजी गर्नु नहुने बताउनु भयो ।